च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो
माघ १०, २०८१ बिहिबार
साेलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । यो उहाँको सातौँ उम्मेदवारी हो ।
२०४८ सालयताको संसदीय चुनावमा उहाँ सोलुखुम्बुबाट लगातार प्रतिस्पर्धा गर्दै आउनुभएको छ । पूर्वमन्त्रीसमेत रहेका केसीले यसअघि लडेका ६ चुनावमध्ये चारमा जित र दुई वटा चुनावमा हार बेहोर्नुभएको थियो । उहाँ २०६४ र २०७४ सालको चुनावमा पराजित हुनुभएको हो ।
यस पटक उहाँले सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेस सोलुखुम्बुले समानुपातिकमा नाम सिफारिस गरेका केसीले शेखर कोइराला समूहको दबाबका बीच जिल्लाको सिफारिस विना नै टिकट लगेर चुनावी मैदानमा आउनुभएको हो ।
यस्तै सोलुखुम्बुको प्रदेश सभाको दुवै निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएको छ । प्रदेश सभातर्फ सोलुखुम्बुको क्षेत्र नम्बर 'क' मा गोम्बु शेर्पा कर्ज्याङ र 'ख' मा शिवबहादुर बस्नेत राजेन्द्र उम्मेदवार बन्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।