नेपाल कबड्डी लिग : पोखरासँगको खेलमा धनगढीकाे पहिलाे जीत
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - पर्सामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने क्रममा विद्युतको पोलको तारमा छोएर करेन्ट लाग्दा धोबिनी गाउँपालिका-३ का सैफुल्ला अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा विद्युतकाे तारमा छुन गइ करेन्ट लागेर वीरगञ्ज-९ का ध्रुवप्रसाद शाहको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।