सत्ता गठबन्धनबाट बाहिरिएको जसपाका मन्त्रीलाई हटाउने तयारी

 असोज २५, २०७९ मंगलबार १४:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाउने तयारी गर्नुभएको छ । यसका लागि देउवाले सत्ता गठबन्धनको बैठक बोलाउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेको जसपाले आउँदो चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेर उम्मेदवारी दिएपछि नैतिकताको आधारमा मन्त्रीहरूले राजीनामा दिनुपर्नेमा राजीनामा नदिएपछि प्रधानमन्त्रीले नै हटाउने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । तर निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रीहरू हटाउँदा कुनै कानुनी अड्चन आउने हो या होइन भनेर प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि छलफल गर्ने योजना बनाउनुभएको छ ।

जसपाबाट सरकारमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् । आजको सत्ता गठबन्धनको बैठकमा गठबन्धनका उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता गराउने विषयमा पनि छलफल हुनेछ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया