मङ्सिर ४ गतेकाे चुनावका लागि उम्मेदवारकाे नामावली (विवरणसहित)

 असोज २५, २०७९ मंगलबार १९:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयाेगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूकाे नामावली प्रकाशन गरेकाे छ । 

हिजो साेमवार उम्मेदवारविरुद्ध परेका उजुरमाथि छानबिन गरी निर्वाचन आयाेगले आज मङ्गलवार नामावली प्रकाशन गरेकाे हाे । याे उम्मेदवारकाे अन्तिम नामावली भने हाेइन । 

यसैबीच टिकट वितरणमा स्वेच्छाचारी प्रवृत्तिविरुद्ध बागी उम्मेदवार उठेका छन् । आयाेगले भोलि बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ । त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । भाेलि दिउँसाे ४ देखि ५ बजेभित्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवारकाे अन्तिम सङ्ख्या टुङ्गो लाग्ने छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया