अबको दुई तीन दिन पछि मनसुन बाहिरिने सम्भावना, चिसो बढ्दै

 असोज २६, २०७९ बुधबार ८:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – यसपालि मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन अझै बाहिरिएको छैन ।

मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको उहाँको भनाइ छ ।

अहिले काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बेलुकी पख हल्का वर्षाको सम्भावना छ ।

बिहान केहीबेर प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । अब ठूलो वर्षा भने नहुने उहाँले बताउनुभयो ।

अबको दुई तीन दिनपछि पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने पनि मौसमविद्को भनाइ छ । मौसमविद् पौडेलले भन्नुभयो, ‘आउँदो शनिवार र आइतवार पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने अनुमान छ, तर आधिकारिक पुष्टि भने भइसकेको छैन ।’

यसैबीच, केही दिन लगातार झरी परेसँगै चिसो हुन थालेको छ । न्यूनतम र अधिकतम तापक्रममा खासै घटबढ नभए पनि लगातारको झरीका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परेको र राम्ररी घाम नलागेकाले चिसो महशुस भएको मौसमविद्ले बताएका छन् ।
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया