दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित हुँदै

 असोज २६, २०७९ बुधबार १२:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ ।

मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

दोर्जेले आज बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिनुभयो ।

दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि अब मनाङेको मात्रै उम्मेदवारी कायम छ । दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय भएकाले त्यसपछि मात्रै निर्विरोध भएकोबारे घोषणा गरिने सिलवालले बताउनुभयो ।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेले आफू एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताउँदै आउनुभएको छ । 

यसअघि २०७४ सालको चुनावमा पनि उहाँ एमालेकै समर्थनमा उम्मेदवार बनेर विजयी हुनुभएको थियो । मनाङको प्रदेशसभा ‘ख' मा एमाले, कांग्रेस लगायत दलबाट उम्मेदवारी परेको छैन । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया