दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित भएको घोषणा

 असोज २६, २०७९ बुधबार १४:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

मनाङ प्रदेश 'ख' बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । तर उहाँलाई आज निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मङ्सिर ४ गतेपछि मात्रै दिइने पनि सिलवालले बताउनुभयो ।

दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङेको मात्रै उम्मेदवारी कायम छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेले आफू एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताउँदै आउनुभएको छ ।

यसअघि २०७४ सालको चुनावमा पनि उहाँ एमालेकै समर्थनमा उम्मेदवार बनेर विजयी हुनुभएको थियो । मनाङको प्रदेश सभा 'ख' मा एमाले, कांग्रेसलगायत दलबाट उम्मेदवारी परेको छैन ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया