च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले आउँदाे हप्तासम्म मौसमी वर्षा रहिरहने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले याे जानकारी दिनुभएकाे हाे ।
आज बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा वरिष्ठ माैसमविद् रेग्मीले त्यसका लागि विभागले मौसमी प्रणालीकाे निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताउनुभयो ।
वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षा सकिए पनि जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पार्नुभयो । वर्षा सकिए पनि त्यसको जोखिम भने कायमै रहन सक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मनसुन अहिले तत्कालै, आज/भोलि नै बाहिरिने सम्भावना छैन । सम्भवतः अर्को हप्ता मनसुन बाहिरिन सक्छ । हामीले माैसमी प्रणालीकाे अनुगमन गरिराखेका छौँ । मनसुनी वर्षा सकिएपछि पनि माैसमी गतिविधि रहिरहन सक्छ ।’
विभागले आउँदाे हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भन्नेबारे हिउँदयाम सुरु हुनुअघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले आउँदाे हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागले मौसमी अवस्थाबारे २४ घण्टा नै सेवा दिइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।