सत्यमाेहन जाेशीलाई क्याबिनमा सारियाे, खानामा रूचि बढ्याे, दाेहाेराे कुरा गर्न थाल्नुभयाे

 असोज २६, २०७९ बुधबार १८:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । 

ग्वार्कोकाे किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकले जोशीको स्वास्थ्यमा सुधार आएपछि आईसीयूबाट क्याबिनमा सारेको जानकारी दिनुभयो । उहाँका अनुसार जाेशीले हिजो मङ्गलवारको तुलनामा खानामा रूचि बढ्नुका साथै दोहोरो कुराकानी गर्न थाल्नुभएको छ । 

जोशीको मुटुकाे समस्या र निमाेनिया यथावत् भएकोले क्याबिनमा सारे पनि आईसीयूमा जस्तै निगरानीमा राखेर उपचार भइराखेको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि गएकाे असोज ७ गते जाेशी अस्पतालमा भर्ना हुनुभएको थियो । जोशी एक सय तीन वर्षको हुनुहुन्छ । संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया