'होली वाइन' देखि संविधान च्यात्नेहरूसमेत एमालेका उम्मेदवार बनेका छन्, भोट माग्न सक्दिन : रावल

 असोज २७, २०७९ बिहिबार १४:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले आउँदो चुनावमा आफूले एमालेका उम्मेदवारलाई जिताउनका लागि कसैलाई पनि आग्रह नगर्ने र मत नमाग्ने घोषणा गर्नुभएको छ ।

काठमाण्डौमा आज बिहीवार पत्रकार सम्मेलन गरेर उहाँले अहिले धेरै ठाउँमा एमाले पार्टी बनाउन रगत पसिना बगाएका भन्दा पनि हिजोका प्रतिगामी र पार्टीभित्र चाकरी गर्नेहरू उम्मेदवार बनेको भन्दै एमालेका उम्मेदवारका नाममा मत माग्न नसक्ने बताउनुभयो । उहाँले देशभक्त तथा देशको सार्वभौमसत्ताको माया गर्ने उम्मेदवारलाई विजयी गराउनमात्रै आफ्नो आग्रह रहने बताउनुभयो । उहाँले आफूले पार्टी नछाड्ने र पार्टीभित्रै बसेर निरन्तर सङ्घर्ष गरिरहने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘नेपालको कानुन, पार्टीका नीति र सिद्धान्त विपरीत उम्मेदवार उठाइएको छ, हिजोको प्रतिगामीले समेत टिकट पाएका छन्, होली वाइनदेखि संविधान च्यात्ने/जलाउनेहरूसम्म एमालेका उम्मेदवार बनेका छन्, उनीहरूका लागि मत माग्न मेरो नैतिकताले दिँदैन  । देशभक्त, स्वाधीनताको पक्षमा रहेका र मार्क्सवादप्रति समर्पित उम्मेदवारलाई जिताउनुहोस् मात्रै भन्न सक्छु’, रावलले भन्नुभयो ।

कार्यक्रममा बोल्दै नेता रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाउनुभयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हितका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया