सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार प्रकरण : ८ जना सार्वजनिक

 असोज २७, २०७९ बिहीबार १७:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाण्डाैले आज बिहीवार पत्रकार सम्मेलन गरी गएकाे असोज २५ गते काठमाण्डाैकाे सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठ जनालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाण्डाै महानगरपालिका–२६ गल्कोपाखाकाे हनुमान चोक नजिकै एक समूहले दुई जना पुरुषलाई धारिलो हतियार, इँटा, रक्सीकाे बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए । फरार भएका आठ जनालाई काठमाण्डाै प्रहरीको अनुसन्धानमा प्रक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिनुभयाे ।

पक्राउ पर्नेमा काठमाण्डाैकाे गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, विनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा छन् । एसपी बाेहराले मोटरसाइकल भाडामा दिने चाबहिल बस्ने २६ वर्षीय करण डंगोललाई पनि पक्राउ गरिएको बताउनुभयो ।  

प्रहरी वरिष्ठ उपरीक्षक बोहराले अनुसन्धानका क्रममा उनीहरूलाई काठमाण्डाैका विभिन्न ठाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो । पक्राउ पर्नेहरूको साथबाट खुकुरी तीन थान, प्र ३० ०२–०१० प ३७६५ नम्बरको मोटरसाइकल, प्र ३० २–०११ प ४६४७ नम्बरको मोटरसाइकल, घटनास्थलमा फेला परेका इँटा र च्यातिएर रक्तामे भएका कपडालगायत सामग्री बरामद भएको उहाँले जानकारी दिनुभयाे । 

काठमाण्डाै जिल्ला अदालतले पक्राउ परेकाहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति दिएको एसपी बाेहराले बताउनुभयाे । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया