च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक दशैँ अफर अन्तर्गत पाँचौँ र छैटाैँ हप्ताका विजेता घाेषित भएका छन् ।
बिहीवार हिजाे काठमाण्डौकाे पानीपोखरीमा रहेकाे केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरिएको हाे । कुवेत र संयुक्त अरब इमिरेट्सबाट आईएमई मार्फतपैसा पठाउने सेवाग्राहीहरू क्रमश : सान्त्वना धोधरी र जीतमान गोम्बो तमाङ पाँचौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ ।
त्यस्तै पदम कुमारी विक र किशोर तमाङ छैटाैँ हप्ताको लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । उहाँहरूले क्रमशः ओमान र मलेसियाबाट आईएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
सेवाग्राहीहरू अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, सञ्जीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौँ हप्ताको लागि दैनिक विजेता छनोट हुनुभएको हो । उहाँहरूले क्रमशः ओमान, कुवेत, मलेसिया, यूएई, जापान र इन्डियाबाट आईएमईमार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो ।
त्यसैगरी मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैटाैँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको हो । उहाँहरूले क्रमशः कुबेत, मलेसिया, बहराइन, अमेरिकाबाट नेपालमा रहनुभएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । उहाँहरू प्रत्येकले एक/एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुने कम्पनीले जनाएकाे छ ।
आईएमई दशैँ अफर २०७९
आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही स्किम सञ्चालन भइरहेकाे छ। अफर अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।
साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रुपैयाँ दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।
कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने याे अफर यही भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कुल ९ हप्ता अर्थात ६३ दिन सञ्चालन हुनेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की 'ड्र' मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएकाे छ । नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।