पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला – कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडक खण्डको पहिरो हटाउन सुरक्षा निकाय र पालिकाले प्रयास गरिरहेका छन् । गएको हप्ता परेको पानीका कारण पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । जुम्ला–कालीकोट खण्ड छिटो खुलाउनका लागि पालिका र सुरक्षा निकाय जुटेका जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।
जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएर राजमार्ग बन्द छ । रारालिहीमा तीन वटा एक्स्काभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुङ्गा फुटाउन 'ब्लास्टिङ' गर्नुपर्ने भएकाले सेना पनि खटिएको प्रमुख जिल्ला अधिकारी केशरीले बताउनुभयो । बाटो खुलाउन अझै तीन दिन लाग्ने उहाँले बताउनुभयो ।
यस्तै नाग्म–गमगडी राजमार्गको आठदेखि १० ठाउँमा पहिरो गएर सडक बन्द भएको छ । हिमा गाउँपालिका नाग्म–गमगडी सडकको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो गएको छ ।त्यस क्षेत्रमा कनकासुन्दरी गाउँपालिका र हिमा गाउँपालिकाले डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेका छन् ।
मुगु खण्डमा पर्ने सात घुम्ती, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमालगायतका क्षेत्रमा पनि पहिरो गएको छ । त्यहाँको पहिरो पन्छाउन सेना खटिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।