युवा पुस्ताले देशकाे नेतृत्व गरे पनि सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न सक्दैन : स्वर्णिम वाग्ले

 असोज २८, २०७९ शुक्रबार १६:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले देशको नेतृत्व गरे पनि नेपाल सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न नसक्ने बताउनुभएको छ । 

आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसाबले श्रीलङ्काको अवस्थामा पुर्‍याउन सकिने बताउनुभयो ।  

उहाँले भन्नुभयो, नेपालको आयु २५० वर्ष भयो । २५० वर्षमा एउटा युनिक कम्पोजिसनमा गइरहेका छौँ । आधा जनसङ्ख्या २५ वर्षभन्दा मुनिको रहेको छ । अर्को सात वर्षमा बुढैलो समाजमा जान्छौँ । अहिले ११ जना युवाले काम गरिरहेको छ । सन् २०५० पछि चार जनाले काम गरेर एक जना वृद्धालाई पाल्नुपर्ने हुन्छ । अब राजनीतिक नेतृत्वमा पनि परिवर्तन आउँदैछ । नेपालले तीन/चार वर्षमा राजनीतिक नेतृत्वमा नयाँ ढोका खोल्न सक्छ । राजनीतिमा जति नै युवा नेतृत्व आए पनि नेपाल सिङ्गापुर र स्विट्जरल्यान्ड बन्दैन । तर प्रतिव्यक्ति आयको हिसाबले श्रीलङ्कको अवस्थामा पुर्‍याउन सकिन्छ । अहिले श्रीलङ्काको प्रतिव्यक्ति आय ३९ सय रहेको छ ।’

अर्थविद् वाग्लेले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताउनुभयो । उहाँले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय चार हजार डलर पुग्ने अवस्था भए पनि त्यस्तो हुन नसकेको बताउनुभयो ।

वाग्लले त्यस्तो हुन नसक्नु युवाहरूलाई राजनीतिमा आउन झ्याल–ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको उल्लेख गर्नुभयाे । उहाँले योजना, भूराजनीतिक अवस्था, पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर देश सञ्चालन गर्न सक्ने नेतृत्व नभएको बताउनुभयो ।

अर्थविद् वाग्लेले अहिले जीडीपीको अनुपातमा उद्योगहरूको योगदान पाँच प्रतिशत रहेको भन्दै कम्तीमा १२ देखि २५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा उद्योग विस्तारभन्दा पनि नाङ्ले व्यापारमा लागेको भन्दै अन्य देशमा सेवा क्षेत्रभन्दा साथ लेखा परीक्षक, टेलिकम, ढुवानी, बैंकिङ र आर्टिटेक्टहरू भनेर बुझ्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया