लौरो, डोजर र क्रस खुकुरी रहेको चुनाव चिन्हमा सामान्य हेरफेर

 असोज २९, २०७९ शनिबार १५:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनाव प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा चुनाव चिह्नमा सामान्य हेरफेर गरेको छ ।

आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य चुनाव तथा प्रदेशसभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती चुनाव चिह्नको अनुसूचीमा रहेको आकारमा हेरफेर गरिएको हो । चिह्न भने उही रहेको छ । निर्वाचन आयोगमा अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले यस्ताे निर्णय गरिएको आयोगले जनाएको छ । 

क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो र स्वतन्त्र उम्मेदवारको चिह्न अन्तर्गत डोजर र क्रस खुकुरीमा समेत हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया