यस्ताे छ बुङ्गमती महोत्सवकाे राैनक (फाेटाे फिचर)

 असोज २९, २०७९ शनिबार १६:२५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बुङ्गमतीका मौलिक कला, संस्कृति, सम्पदा, खाना, भेषभुषा लगायतका समेटिएकाे बुङ्ग महोत्सव आज ललितपुरको बुङ्गमतीमा आयाेजना भइरहेकाे छ ।

बुङ्गमतीको सांस्कृतिक सम्पदा र संस्कृतिको उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको ‘इकोज इन द भ्याली’ ले जनाएको छ ।

संस्थाका अनुसार युरोपियन युनियनको सहयोगमा स्वीच एसिया कार्यक्रम अन्तर्गत यूएन ह्याबिट्याट, लुमन्ती, सीआईयूडी, आईएचएस सभामार्फत सञ्चालित पर्य–सम्पदा परियोजना अन्तर्गत संस्थाले सहकार्य गरेर महोत्सव गर्न लागेको हो ।

आज बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने महोत्सवमा हस्तकला, काष्ठकलाको प्रदर्शनी, नेवारी खाना पाककला, वास्तुकलाको प्रदर्शन, परम्परागत नेवारी तथा रञ्जना लिपि लेखन, परम्परागत खेल, बालबालिकाका लागि कथा कथन, साङ्गीतिक प्रस्तुतिहरुसँगै कार्यशालाहरु समेत हुनेछन् ।

महोत्सव अन्तर्गत स्थानीय गाइडको सहायतामा निःशुल्क बुङ्गमती भ्रमण समेत गराइनेछ। महोत्सवमा ५ हजार दर्शकहरु सहभागी हुने आयोजकको अनुमान छ।

 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया