यसवर्षको मनसुन बाहिरियो : प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको ज्यान गयो

 असोज ३०, २०७९ आइतबार ७:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो ।

सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ गते नै मनसुन भित्रिएको थियो । यस्तै, अक्टोबर १६ तारिख अर्थात आज बल्ल मनसुन बाहिरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

मनसुन बाहिरिएको औपचारिक घोषणा हुन भने बाँकी छ । हिजो प्रदेश-१ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको थियो । यसपालि मनसुन सुरु हुँदै गर्दा र मनसुनको अन्त्यतिर धेरै वर्षा भयो । मध्य मनसुनमा खासै पानी पर्न सकेन ।

मनसुनको सुरुवातका तीन महिना जुन, जुलाई र अगस्टमा औसतभन्दा कम पानी परेको थियो । त्यसले रोपाइँसमेत प्रभावित हुन पुगेको थियो । त्यसपछिका महिनामा औसतमा वर्षा भएकोमा असोज तेस्रो हप्ता भने ठूलो वर्षा भएको थियो । यो वर्षाले पश्चिमी क्षेत्रमा धेरै नोक्सानी पुर्याएको छ । मानवीयसँगै धानबालीमा पनि क्षति पुगेको छ ।

यसपालि बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको ज्यान गएको छ।

सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति भएको छ । गएको वैशाख १ गतेदेखि अस्ति शुक्रवारसम्मको तथ्याङ्क अनुसार यसपालि पहिरोका ३ सय १७ घटना भएका छन् । त्यसमा परेर ९४ जनाको ज्यान गएको छ। १८ जना बेपत्ता भएका छन्।

यस्तै, बाढीका कारण १९ जनाको ज्यान गएको छ भने १५ जना बेपत्ता भएका छन् । ठूलो वर्षामा परेर ८ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै, यो अवधिमा परेको चट्याङ लागेर ८० जनाले ज्यान गुमाएका छन् । आगलागीका परेर २७ जनाको ज्यान गएको छ । यस्तै, हुरीबतासका कारण ९ र हिमपहिरोमा परेर २ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया