वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई विश्वसनीय ...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - कर्णाली प्रदेशमा बाढीपहिरोबाट १० हजार ७ सय १४ जना घरबारविहीन भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा ५ हजार २ सय ८२ जना घरबारविहीन भएका छन्।
त्यस्तै, कालीकोटमा १ हजार ७ सय ६३, जुम्लामा १ हजार ७ सय २५, सल्यानमा ६ सय ३९, सुर्खेतमा ५ सय ६६, हुम्लामा ४ सय ७४, दैलेखमा २ सय ७, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुमपश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कर्णालीमा १ हजार ७ सय २० घरधुरी विस्थापित भएका छन् । त्यसमा मुगुमा ७ सय २३, जुम्लामा ३ सय ६८, कालीकोटमा २ सय ३५, सुर्खेतमा १ सय ३९, सल्यानमा १ सय २७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुमपश्चिममा चार/चार तथा जाजरकोटमा तीन घरधुरी विस्थापित भए।
असोज १९ गतेदेखिको वर्षाले कर्णाली राजमार्ग, कर्णाली करिडोरसहित सडकमा ठूलो क्षति भएको छ ।
सरकारले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालीकोटलाई विपद् प्रभावित र पालिकाको भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित र सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।