प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

 असोज ३१, २०७९ सोमबार १३:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिनुभएको छ ।

सोमवार आज ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा बाेल्दै उहाँले प्रहरीका सबै सङ्गठनलाई सूचना प्रविधिमैत्री बनाएर अघि बढ्न आवश्यक भएकाे बताउनु भएकाे हाे ।

उहाँले  नेपाल प्रहरीलाई आउँदाे दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्तिविकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता भएकाे देउवाले बताउनु भयाे ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीलाई आउँदाे दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्तिविकासलाई समयानुकूल सुधार गरी जान आवश्यक छ । यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु । आउँदाे मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न हुनेमा म विश्वस्त छु ।’ 

प्रधानमन्त्री देउवाले आउँदाे चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी चुनावलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिनुभयो। 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया