ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
पुस २, २०८१ मंगलबार
काठमाण्डौ – होटल सङ्घ नेपाल (हान) ले बैंकको सावाँ, ब्याजको किस्ता तिर्ने समय दुई वर्ष नथपे होटल बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ ।
होटलहरूको छाता सङ्गठन हानले तत्काल बैंकको सावाँ, ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । सङ्घले कोभिड–१९ बाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनर्तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
सङ्घका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावाँ, ब्याज पुनर्तालिकीकरण गर्नुपर्ने बताउनुभयो । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटललाई दिएको बैंकको सावाँ, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताउनुभयो ।
विगतको भन्दा होटलहरू सामान्य सुधार भए पनि पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उपाध्यक्ष साहको भनाइ छ । उहाँले अहिले पनि होटलहरू दैनिक घाटामा नै सञ्चालनमा रहेका भन्दै बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँ, ब्याज तिर्न दबाब दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘साढे तीन वर्षदेखि कोरोना महामारीका कारण होटल उद्योग थलिएको छ । सरकारले अतिप्रभावित उद्योग भनेर छुट्याएको थियो । गएका आर्थिक वर्षहरूमा बजेट र मौद्रिक नीतिले होटलहरूले बैंकहरूबाट लिएको सावाँ, ब्याजमा दिने समय थप गरेको थियो । चालु आर्थिक वर्षदेखि भने होटलहरूलाई दिएको सहुलियत खारेज गरियो । होटल उद्योग साढे तीन वर्षपछि पछिल्लो समय केही लयमा आएको वास्तविकता हो । तर होटलहरूले ब्रेक इभेन्ट कमाउन सकिरहेका छैनन् । हेरक दिन होटलहरू घाटामा नै छन् । यस्तो अवस्था बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँ, ब्याज तिर्न दबाब दिएका छन् । होटलहरूले धान्न सक्ने अवस्था छैन ।’
उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीले सावाँ, ब्याज असोज मसान्तमा तिर्न सक्दैनौँ भनेर घोषणा गरेको भन्दै देशभरका होटलमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरू बन्द गर्नुपर्ने चेतावनी दिनुभयो । उहाँले होटलहरूलाई तिर्नुपर्ने सावाँ, ब्याज तिर्दै नतिर्ने व्यवसायीे नभनेको भन्दै बैंकहरूलाई सावाँ, ब्याज तिर्ने तर समय दिनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष साहले होटलहरूले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भए पनि अहिलेको परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ, ब्याज तिर्न नसक्ने बताउनुभयो ।
कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको युद्धको प्रभाव, नेपालमा तीव्ररूपमा फैलिरहेको डेङ्गीको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पु¥याएको उहाँको भनाइ छ । अहिले पर्यटक बढी आउने सिजनमा आसन्न चुनावले समेत प्रत्यक्षरूपमा पर्यटन आगमन र गतिविधिलाई कम गर्ने उहाँको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।