कर्णाली राजमार्गकाे जुम्ला खण्ड खुल्यो

 कात्तिक १, २०७९ मंगलबार १८:५८:११ | नेत्र शाही
unn.prixa.net

जुम्ला – वर्षा पछिको भिषण पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ ।

करिब एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्म खण्ड भने खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको हो ।

गएकाे असोज २२ गते देखि नाग्म खण्डको सडकमा दुई जना इन्जिनियर, तीन जना सव इन्जिनियर, सात जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएको सव इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्ला बजारदेखि नाग्म खण्ड भने खुलेको हो । जुम्लादेखि नाग्म खुलेपछि आन्तरिक आवागमनमा केही सजिलो भएको छ । तर, राजमार्ग खुलेपनि धेरै ठाउँमा पहिरो फेरि आउन सक्ने डर भने छ । जुम्लादेखि नाग्मसम्म ३२ किलोमिटर मध्ये करिब ५ किलोमिटर क्षेत्रमा पहिरो गएको थियो । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डिभिजन सडक कार्यालयका प्रमुख राजिव श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाही सहित सुरक्षा निकायका प्रमुख तथा पत्रकार महासंघले जुम्लादेखि कालिकोटको भिग्मसम्म सर्वपक्षीय अनुगमन पनि गरेको छ ।

राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थलगत अनुगमनमा राजमार्ग खुलाउने काम सुचारु भएपनि दीर्घकालीन पहिरो व्यवस्थापनका आवश्यक रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी केशरीले सडकखुलाउने र दीर्घकालीन रुपमा राजमार्ग बनाउन सबैको सहयोग आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले तेल अभाव भएकाले खोजी भइरहेको पनि बताउनु भयो ।  

कर्णाली राजमार्ग अब २५ प्रतिशत खुल्न बाँकी

कर्णाली राजमार्ग अब २५ प्रतिशत खुल्न बाँकी रहेको छ । डिभिजन सडककार्यालयका अनुसार कालिकोटको पिलीदेखि सेरावाडासम्म सडक खुलेको छ ।

सव इन्जिनियर अधिकारीका अनुसार सेरावाडादेखि नाग्म सम्मको करिब ३० किलोमिटर सडक खण्ड भने अझै कठिन अवस्थामा रहेकाे छ । धनाडादेखि नाग्मसम्म १४/१५ ठाउँमा ठूला ढुंगा विष्फोटन गर्नुपर्ने अवस्था रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया