टी–२० विश्वकप क्रिकेटमा आज स्कटल्याण्ड र आयरल्याण्ड तथा वेस्ट इण्डिज र जिम्बाबे खेल्दै

 कात्तिक २, २०७९ बुधबार ९:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

टी–२० विश्वकप क्रिकेटमा आज स्कटल्याण्ड र आयरल्याण्ड तथा वेस्ट इण्डिज र जिम्बाबे खेल्दैछन् । होबार्टमा समूह ‘बी’ का दुई खेल हुन लागेका हुन् ।

आज हुने पहिलो खेलमा बिहान पौने १० बजे स्कटल्याण्ड र आयरल्याण्ड तथा दोस्रो खेलमा दिउँसो पौने दुई बजे वेस्ट इण्डिज र जिम्बाबेबीच खेल हुनेछ । स्कटल्याण्डले अस्ति भएको पहिलो खेलमा वेस्ट इण्डिजलाई हराएको थियो । पहिलो खेलमा आयरल्यान्ड जिम्बाबेसँग हारेको थियो ।

अस्ट्रेलियामा भैरहेको विश्वकपमा आयोजक अष्ट्रेलियासहित नामिबिया, श्रीलंका, यूएई, नेदरल्यान्ड्स, वेस्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड्स, स्कटल्याण्ड, न्युजिल्याण्ड, अफगानस्तान, इंग्ल्याण्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेश गरी १६ टोली सहभागी छन् । 


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया