च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ बाट अवैध चिनी लोड गरिएका दुई वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भैरहवा परासी सडकखण्डबाट झण्डै ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।
बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।