सर्लाहीमा सहकारीका लेखापालमाथि गोली प्रहार

 कात्तिक २, २०७९ बुधबार १३:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सर्लाहीको वाग्मती नगरपालिका मिलनचोकमा सहकारीमा कार्यरत लेखापाल साजन कार्कीमाथि गोली प्रहार भएको छ ।

सगुन सहकारी वाग्मती सेवा केन्द्रका लेखापाल ३० वर्षका कार्की गोली प्रहारबाट घाइते हुनुभएको छ । उहाँलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकलमा आएका तीन जना भारतीयको समूहले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया