टी–२० विश्व कप क्रिकेटमा आयरल्यान्डले स्कटल्यान्डलाई हरायाे

 कात्तिक २, २०७९ बुधबार १३:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्रिकेट आयरल्यान्ड

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा आयरल्यान्डले स्कटल्यान्डलाई हराएको छ । होबार्टमा भएको खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई छ विकेटले हरायो । 

स्कटल्यान्डको दिएको एक सय ७७ रनको लक्ष्य आयरल्यान्डले छ बल बाँकी छँदै भेटायो । उसका कर्टिस क्याम्फेरले ७२ र जर्ज डोक्रेलले ३९ रन बनाए । दुवै खेलाडी नटआउट रहे । बलिङतर्फ स्कटल्यान्डका मार्क वाट, ब्राड ह्वेल सफयान शरिफ र माइकेल लिस्कले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७६ रन बनाए । उसका माइकल जोनेसले ८६ रन बनाए । बलिङतर्फ आयरल्यान्डका कर्टिस क्याम्फेरले दुई विकेट लिए ।

यो जितसँगै आयरल्यान्डले सुपर–१२ को सम्भावना कायमै राखेको छ । तालिकामा जिम्बावे शीर्ष स्थानमा छ । स्कटल्यान्ड र आयरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया