रामेछाममा खानेपानी कार्यालयका इन्जिनियर र पलम्बर २८ लाख रुपैयाँ घुससहित पक्राउ

 कात्तिक २, २०७९ बुधबार १४:५७:३७ | दीपक भट्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रामेछाप – रामेछापमा रहेको खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नवराज सत्याल र पलम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । 

सत्याल र थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेकसहित आज बुधवार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा खटिएको अख्तियारको केन्द्रीय कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूले रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत रकम लिएको खुलेको अख्तियारले जनाएको छ । उनीहरूलाई चेक र रकम लिइसकेको अवस्थामा इन्जिनियरको निवास रहेको खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया