नेपालमा अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड : बिक्रीदर १ सय ३३ रुपैयाँ १४ पैसा

 कात्तिक ३, २०७९ बिहिबार ७:३४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ ।

त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ ।

डलरको भाउ हिजो १ सय ३२ रुपैयाँ ८ पैसा थियो । त्यसमा बढेर आज अहिलेसम्मकै उच्च भएको हो ।

विश्वका लगानीकर्ता डलर खरिदमा आकर्षित हुँदा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर भएको हो ।

डलर बढ्दा आयातित सामानको मूल्य बढ्न जान्छ । जसको प्रभावले देशको व्यापार घाटा र समग्रमा महँगी बढ्न जान्छ ।

भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।

डलरको भाउ उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्नेछ । तर रेमिट्यान्स पठाउनेहरुलाई यो समय उपयुक्त हुने अर्थविद्ले बताएका छन् ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया