जीप दुर्घटनामा सात जनाको ज्यान गएपछि बझाङको मष्टा शोकमा

 कात्तिक ३, २०७९ बिहीबार ११:२०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – जीप दुर्घटनामा परेर सात जनाको ज्यान गएपछि बझाङको मष्टा शोकमा डुबेको छ ।

हिजो सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा जीप दुर्घटना हुँदा मष्टा गाउँपालिकाका सात जना र कञ्चनपुरको शुक्लाफाँटाका एक जनाको ज्यान गएको थियो ।

दुर्घटनामा मष्टा –२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत, ५० वर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा हिजो सुदूरपश्चिम प्रदेश ०१–००१ च ११७ नम्बरको जीप पल्टिएको थियो । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया