कमला नदीबाट बर्खायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ

 कात्तिक ३, २०७९ बिहीबार १३:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – खेतमा सि‌ँचाइको सुविधा पुगेपछि धनुषा, सिरहा महाेत्तरी र सप्तरीका किसान दङ्ग परेका छन् ।

पहिले आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले यस पटक भने सिँचाइ सुविधा पाएका छन् । कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत सिँचाइ सुविधा पुर्‍याएंपछि धानबाली लगाउने बेलामा समस्या भोग्दै आएका किसानलाई राहत मिलेको छ ।

पहिले धानखेतीका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसानलाई पनि यस पटक भने पानीको कुनै समस्या भएन ।

गएका वर्षहरूमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका धेरैजसो खेतीयोग्य जग्गा बाँझो रहने समस्या समाधान गर्न कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरेपछि किसानको खेत–खेतमा पानी पुगेको हो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा धनुषा र सिरहातर्फ झन्डै छ किलोमिटर पक्की नहर निर्माण भएको छ । यो अवधिमा पानी निकास र नियन्त्रणका लागि ५३ वटा पानी निकास गेट र ३५ वटा भीआरबी निर्माण गरिएको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

यस्तै यो अवधिमा धनुषा, सिरहा महाेत्तरी र सप्तरीमा गरी चार जिल्लामा ३३ वटा डीप ट्युबेल जडानसँगै ५४ वटा डीप ट्युबेलमा पम्प हाउस तथा स्टोरेज ट्र्याकसमेत निर्माण गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

कमला सिँचाइ पश्चिमी नहर प्रणाली, पूर्वी नहर प्रणाली र हर्दिनाथ नहर प्रणालीमार्फत वर्षायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया