च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा यो वर्ष डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको सेरोटाइप 'थ्री' पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।
प्रतिष्ठानमा १२ वटा नमुनामा परीक्षण गर्दा सात वटामा सेरोटाइप 'वान' देखिएको छ भने पाँच वटा नमुनामा सेरोटाइप 'थ्री' पुष्टि भएको दाहालले बताउनुभयो । डेङ्गीको चार वटा सेरोटाइप हुनेमा सेरोटाइप 'वान' र 'टु' योभन्दा अगाडि पनि नेपालमा देखिएको थियो भने सेरोटाइप 'थ्री' भने पहिलो पटक नेपालमा देखिएको हो । धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप 'थ्री' देखिएको भन्न नमिल्ने डा. प्रमुख दाहालको भनाइ छ । अब धेरै नमुना परीक्षण गरेर कुन सेरोटाइप नेपालमा छ भन्ने जानकारी लिने उहाँले बताउनुभयो । नयाँ सेरोटाइप हुँदैमा बढी जटिल नहुने उहाँले बताउनुभयो ।
कुनै व्यक्तिलाई एउटा सेरोटाइपको डेङ्गी पहिला नै पुष्टि भइसकेको छ भने अर्को सेरोटाइप पनि देखियो भनेमात्रै जोखिम हुन सक्ने डा. दाहालकाे भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सातै प्रदेशका अस्पतालबाट दुई सय ५० वटा नमुना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । त्यो परीक्षण पछिमात्रै विस्तृतमा थाहा हुने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।