काठमाण्डौ महानगरद्वारा बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने

 कात्तिक ४, २०७९ शुक्रबार ८:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने प्रकृया अगाडि बढाएको छ ।

काठमाण्डौ महानगरपालिका सामाजिक विकास विभागले आज सूचना निकालेर त्यस्ता बालबालिका वा संरक्षकलाई वडा कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।

महानगरले महानगरभित्र स्थायी ठेगाना भएका आमा र बाबु दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितत गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बाबु र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट बञ्चित भइ अरूको संरक्षणमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक वृत्ति प्रदान गर्ने जनाएको छ ।

महानगरपालिकामा बसोबास गर्ने बाबु आमाविहीन बालबालिका वा निजको संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गरेको वडा कार्यालयमा ३० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो ।

वडा कार्यालयलाई सिफारिसका लागि बालबालिकाको संरक्षक वा स्याहारसुसार गर्ने व्यक्तिहरूबाट निवेदन प्राप्त हुन आएमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता प्राप्त गरेको भएमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि), आमा र बाबु दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि वा बाबु वा आमा दुवै बेपत्ता भएको वा दुवैको संरक्षण र रेखदेखबाट वञ्चितीकरणमा परेको प्रमाणित कागजात, विद्यालय भर्ना भइ नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र, संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि जस्ता कागजातका आधारमा दिनुपर्ने भनिएको छ ।
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया