नारायणगढमा मादल बनाउने पेसा संकटमा

 कात्तिक ५, २०७९ शनिबार १९:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवनको भरतपुर महानगरपालिका लिलाचोक नारायणगढमा मादल बनाउने पेसा संकटमा परेका छ ।

एक/दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट त्यहाँका स्थानीय पेसामा आएको सङ्कट र व्यवसायमा आएको मन्दीका कारण अहिले चिन्तामा छन् ।

बनाएको मादल बिक्री नभएपछि पेसा नै परिवर्तन गर्नुपर्ने अवस्था आएको स्थानीय राम कुलुले बताउनुभयो ।

उहाँले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्नो बुबाबाट मादलसहित छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउने उहाँ अहिले बनाएको मादल नबिक्दा चिन्तामा पर्नुभएको हो ।

मादलको बिक्री सबैभन्दा धेरै गाउँमा हुने भए पनि अहिले गाउँघरमा पनि तिहारको बेला स्पीकर र डेक बजाउन थालेका कारण पेसा संकटमा परेकाे छ । एक हजार ५ सय रुपैयाँ देखि सात हजार रुपैयाँसम्मका मादल उहाँले उत्पादन गर्ने गर्नुभएको छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया