रसुवागढी नाकाबाट सहज रुपमा सामग्री भित्रिँदै, ओखर र स्याउको आयात बढ्दो

 कात्तिक ६, २०७९ आइतबार ८:५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चीनतर्फको रसुवागढी नाकाबाट अहिले सहज रुपमा सामग्री भित्रन थालेको छ । तिहारका लागि रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चीनियाँ दाँते ओखर तथा स्याउ दशैँपछि भने दैनिक आयात हुन थालेको छ । अहिले फलफूलका रूपमा स्याउ र ओखर मुख्य रुपमा आयात गरेको व्यवसायी धर्म पौडेलले बताउनुभयो ।

तिहार तथा छठमा फलफूल र भाइटीकाका लागि ओखरको माग हुनेगर्छ । चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चीनियाँ सीमा अधिकारीले गएको साउन २१ गतेदेखि भदौ २९ गतेसम्म नाका बन्द गरेका थिए । तर अहिले केही सहज भएको छ ।

पहिलाको तुलनामा आयात केही मात्रामा बढेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो । भन्सार हातामा प्रवेश गरेका सामग्री छिटोभन्दा छिटो मूल्याङ्कन गराइ जाँचपास गराउन जाँच टोली परिचालन गरिएको अधिकृत भण्डारीले बताउनुभयो। 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया