पुष्प प्रदर्शनीमा आयातित फूललाई प्राथामिकता दिएको अवलोकन कर्ताहरुको गुनासो

 कात्तिक ६, २०७९ आइतबार १४:४०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – ललितपुरको जावालाखेल खेल मैदानमा भइरहेको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आयातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् ।

कात्तिक ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका हुन् ।

अवलोकन कर्ताहरुका अनुसार काठमाण्डौका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाए पनि फूलको भाउ अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत भन्दा धेरै महँगो रहेको बताए ।

दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुग्नु भएका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भए पनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरु मेलामा धेरै भेटिएको बताउनु भयो ।

उहाँले फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी ठाउँ उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताउनु भयो । व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै भएको बताउँछन् । ओम नर्सरीकी पुष्पा घिमिरेले पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताउनुभयो ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा झण्डै साढे २४ लाख माला खपत हुने बताएको छ ।

नेपालमा तिहारका लागि गएको वर्ष झण्डै १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष झण्डै साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ ।  

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया