काठमाण्डौको गोकर्णेश्वरबाट नक्कली नोटसहित पाँच जना पक्राउ

 कात्तिक ७, २०७९ सोमबार ८:३०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ बाट नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन् ।

गोकर्णेश्वरको जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षकी दुर्गा महर्जन लगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो ।

उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी ८४ हजार ५ सय समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल भण्डारी मार्गमा रहेको सुनिता तामाङको घरबाट हिजो नगद तीन लाख ३० हजार, ल्यापटप एक थान र मोबाइल एक थानसमेत गरी झण्डै चार लाख ४७ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । ।   

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया