काठमाण्डौका विभिन्न ठाउँबाट जुवा खेल्ने ६२ जना पक्राउ

 कात्तिक ७, २०७९ सोमबार ९:३१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नेपाल प्रहरीले काठमाण्डौका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाण्डौका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० नगदसहित ६२ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो ।

प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया