नेपाल कबड्डी लिग : पोखरासँगको खेलमा धनगढीकाे पहिलाे जीत
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवारबारे लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री प्रकाशन गरेकाे भन्दै फेसबुक पेज/ग्रुपप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
आज मङ्गलवार एक विज्ञप्ति निकालेर आयाेगले आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा 'नाे नट अगेन' समेतका फेसबुक पेज/ग्रुपबाट प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको आयाेगले जनाएकाे हाे ।
झुटा फेसबुक पेज/ग्रुप बनाएर नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।
यी कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै झुटा फेसबुक पेज/ग्रुप हटाउन पनि आयाेगले सचेत गराएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।