ललितपुरको गोदावरीमा साइक्लोथन अर्थात साइकल यात्रा (तालिकासहित)

 कात्तिक ९, २०७९ बुधबार ८:५८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल संवत्को अवसरमा ललितपुरको गोदावरी नगरपालिकामा बुधवार साइक्लोथन अर्थात् साइकल यात्रा भइरहेको छ । 

बिहान साढे ७ बजेदेखि सुरु साइकल यात्रा गोदावरी नगरपालिका, गोदावरी उद्योग वाणिज्य संघ, पर्यटन बोर्ड लगायत संघ–संस्थाको सहकार्यमा भइरहेको हो ।

गोदावरी नगरपालिकाको कार्यालयबाट सुरु भएको साइकल यात्रा ५० किलोमिटर लामो हुने गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले बताउनुभयो ।

नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार तीन सय जना साइकल यात्रीले ५० किलोमिटर यात्रा पार गरेर गोदावरी नगरपालिका भित्रका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको उजागर गर्दैछन् ।

इको–टुरिज्म प्रवर्द्धन गर्ने उद्देश्यले भइरहेको साइकल यात्राले राष्ट्रिय महत्व बोकेको छ । अरू पालिका वा सामान्य नागरिकका लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने महर्जनले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया