चिकित्सक संघद्वारा डाक्टरमाथि भएको हातपातमा संलग्नलाई कारबाहीको माग

 कात्तिक ९, २०७९ बुधबार ९:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल चिकित्सक संघले गोरखा जिल्ला अस्पतालमा डाक्टरमाथि भएको हातपातमा संलग्नलाई कारबाहीको माग गरेको छ । 

संघले आज विज्ञप्ति निकालेर कात्तिक ६ गते जिल्ला अस्पतालमा कार्यरत डा.अविनाश पराजुलीलाई हातपात गरिएको घटनाप्रति निन्दा समेत गरेको छ ।

घटनामा संलग्न दोषीलाई तत्काल छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन–२०७९ बमोजिम कानुनी कारबाही गर्न र स्वास्थ्य संस्थामा आवश्यक शान्ति सुरक्षा प्रदान गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खटिएका डाक्टरलाई शारीरिक हातपात, अभद्र व्यवहार र धम्कीदिने क्रियाकलापले स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक असर पर्ने भएकोले गम्भीर बन्नुपर्ने संघका महासचिव डा. बद्री रिजालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

थाइराइडको नियमित परीक्षणका लागि आएकी एक महिलालाई डाक्टर पराजुलीले यसअघि परीक्षण गरिएको रिपोर्ट ल्याउन भनेको तर बाहिर निस्किएकी ती महिलाले ३ जना युवा बोलाएर कुटपिट गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

कुटपिटमा गोरखा नगरपालिकाका मिलनसिं कुँवर, समीर कुँवर र अनुप बस्नेत संलग्न रहेको अस्पतालले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया