मिथिलामा क्षेत्रमा आज ‘गोधन’ पर्व मनाईंदै

 कात्तिक ९, २०७९ बुधबार ११:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – कात्तिक शुक्ल प्रतिपदाका दिन आज मिथिलामा ‘गोधन’ पर्व मनाईंदैछ । 

धनुषा महोत्तरीसहित मिथिला क्षेत्रमा परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भइ मङ्गल गीत गाउँदै यो पर्व मनाउने परम्परा छ ।

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा यो पर्व मैथिल परम्परा बनेको छ । सामान्यतया यमपञ्चक अर्थात् तिहार पर्व पाँच दिनको हुन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ ।तर यसपालि तिथिको घटबढले छ दिनसम्म पुगेको छ ।

गोेधन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोणभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार अर्थात् पानीमा घोलिएको अरवा चामलको पिठोले पूजा गर्ने गरिन्छ ।

मिथिला क्षेत्रका साहित्यकार डा. राजेन्द्र विमलका अनुसार गोवद्र्धन पूजालाई नै मिथिलामा ‘गोधन’ भन्ने गरिएको छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया