च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाैकाे रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि बिहीवार बिहानैदेखि खुला हुने भएको छ ।
दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाण्डाै महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिनमात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधारणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको व्यवस्थापन काठमाण्डाै महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।