अञ्जली ‘दिदी’ले काष्ठमण्डप परिसरमा सामूहिक टीका लगाउँदै

 कात्तिक १०, २०७९ बिहीबार ६:४७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दिदीबहिनी नभएकाहरुलाई यसपटक पनि काठमाण्डौकी अञ्जली मास्के अर्थात अञ्जलीदिदीले भाइटीका लगाइदिने हुनु भएको छ । 

काष्ठमण्डप परिसरमा उहाँले सामूहिक भाइटीका लगाइदिन लाग्नु भएको हो । उहाँले हरेक वर्ष जस्तै यसपटक पनि भाइटीकाका लागि टीका, माला र सगुनतयारी अवस्थामा राख्नु भएको छ ।

पोहोर कोरोनाभाइरसको संक्रमणका कारण उहाँले घरमै टीका लगाइदिनु भएको थियो । परार पनि कोरोनाकै जोखिमका कारण सामूहिक टीका हुन सकेको थिएन ।

दिदीबहिनी नभएका, भाइटीकाका लागि घर जान नभ्याएका वा उहाँसँगै टीका लगाउन इच्छुक दाजुभाइका लागि आज बिहीबार भाइटीकाका दिन दिउँसो १ बजे काष्ठमण्डप परिसरमा जान मास्केले आग्रह गर्नु भएको छ ।

७५ वर्ष कटिसकेकी मास्केले २०५५ सालदेखि विधिपूर्वक सामूहिक रुपमा भाइटीका लगाउँदै आउनु भएको छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया