मिथिलामा आज ‘भैयादुज’ पर्व मनाईँदै

 कात्तिक १०, २०७९ बिहीबार १०:८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाईँदै छ ।

यमपञ्चक अर्थात् तिहारको पाँचौ‌ं दिन कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो पर्व मनाउने मैथिल परम्परा छ ।

सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने तिथिमा भएको घटबढले छ दिनको भएको छ ।

भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन् । उनीहरुले दाजुको कल्याण र दीर्घजीवनको कामना गर्छन् ।

दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ कपडा, आभूषण कोसेली लिएर जाने गर्छन् । दाजुभाइलाई पिठार, पानको पात र सुपारी, राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने मैथिल परम्परा छ ।  
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया