च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
महाेत्तरी – महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर ८ पररियामा भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ ।
आज शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि आठ बुँदे सहमति भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि हिजो बिहीवार दिउँसो ४ बजेदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको थियो ।
आजकाे छलफलमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुवै पक्ष र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको सहायक प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । आठ बुँदे सहमतिपत्रमा घटनामा भएको धनजनको क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्तिका लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाइ कानुनी प्रक्रिया अघि बढाउने उल्लेख छ ।
यस्तै पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न र्याली निकाल्ने, दलगतरूपमा शान्ति कायम गर्न अपिल गर्ने पनि सहमति भएको छ । अब जिल्ला सुरक्षा समितिको बैठक बसेर कर्फ्यु हटाउनेबारे निर्णय गर्ने न्यौपानेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।