थप १४ जनामा काेराेना पुष्टि

 कात्तिक ११, २०७९ शुक्रबार १७:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ सय २४ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा थप २९ जना कोरोना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय पाँच जनामा झरेको छ । 

यस्तै गएको साउनपछि डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ जना पुगेको छ । अहिलेसम्म ४६ हजार चार सय १३ जनामा डेङ्गी पुष्टि भएकोमा ४३ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया