च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
दार्चुला – दार्चुलाको व्यास गाउँपालिका २ तम्बाकुमा भिरको बाटोमा हिँडिरहेका एक जना बालकको ढुङ्गाले लागेर ज्यान गएको छ ।
बाटो हिँडिरहेको अवस्थामा सीमापारि भारतीय भूमिबाट उछिट्टिएर आएको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का हिक्मत महराका नाै वर्षका छोरा पवनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडकभन्दा अलि माथि भारतीय पक्षले बाटो निर्माणको काम गरिरहेकाले त्यहीँबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
अहिले प्रहरीको टोली घटनास्थलमा गएको छ । तर यकिन बुझ्नका लागि फोन सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पवन बुबा र बहिनीसँगै हिँडिरहेका थिए । पवनकी बहिनी घाइते भएकी छिन् ।
भारत पिथौरागढ जिल्लाको धारचुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।