महाेत्तरी घटनाकाे छानबिन गर्न समिति गठन, कर्फ्यु अझै हटेन

 कात्तिक ११, २०७९ शुक्रबार १९:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले महोत्तरीको भंगहा नगरपालिका–८ को पररिया टोलमा भएको दुई समुदायबीचको झडपको घटना छानबिन गर्न समिति गठन गरेको छ । 

गृह मन्त्रालयले आज शुक्रवार सह–सचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उप–सचिव विश्वराज मरासेनी सदस्य हुनुहुन्छ । समितिलाई एक हप्ताको समय दिइएको छ । 

हिजो बिहीवार भंगहा–८ पररिया टोलमा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि हिजो दिउँसाे ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलले आठ बुँदे सहमति गरेको छ । सहमति भए पनि अझै कर्फ्यु भने हटेको छैन । 

अवस्था हेरेर भोलि शनिवार बिहानसम्म कर्फ्यु खुकुलो बनाउँदै लैजाने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया