च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - यो महिनाभरि डेङ्गीको जोखिम कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् ।
चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ । विज्ञहरुकाअनुसार जाडो बढेपछि लामखुट्टेको वृद्धिविकास पनि कम हुन्छ र त्यसपछि बिस्तारै सङ्क्रमितको सङ्ख्या कम हुन सक्छ । सबै जिल्लामा फैलिएको डेङ्गीबाट अहिलेसम्म ४६ हजार सङ्क्रमित भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म ४६ हजार ४१३ जना सङ्क्रमित भइसकेका छन् । त्यसैगरी ५२ जनाको डेङ्गी सङ्क्रमणबाट ज्यान गएको छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमितमध्ये करिब ८० प्रतिशतलाई डेङ्गीको लक्षण कडा नहुने र ५ प्रतिशतभन्दा कमलाई मात्र कडा देखिने भएकाले प्रायजसाे लक्षण भएर वा नभएर नै सङ्क्रमित भइसकेकाले वास्तविक सङ्ख्या धेरै हुन सक्छ ।
नेपालमा २/३ वर्षको अन्तरालमा डेङ्गीले प्रकोपको रुप लिने गरेको छ । तीन वर्षअघि १७ हजार ९ सय ९२ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेङ्गीबाट ६ जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।