डाेल्पा : एकै रातमा चितुवाले लाखौँको क्षति गर्ने गरेको पशुपालकको गुनासो

 कात्तिक १२, २०७९ शनिबार ९:१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - डोल्पामा हिउँ चितुवा र मानव द्वन्द्व बढ्दै गएको छ । हिउँ चितुवाले भेडा–च्याङ्ग्रा तथा चौरी मार्ने घटना बढेपछि हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको हो ।

केही समय अघि डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर १ का डाक्वा गुरुङका ५२ वटा च्याङ्ग्रा हिउँ चितुवाले एकै रात मार्यो । त्योभन्दा अघि अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा मारिए । यसरी हिउँ चितुवाले गोठभरकै पशुचौपाया मारेपछि किसान पीडित हुनुको साथै द्वन्द्व पनि बढेको हो ।

आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा पशुपालन मुख्य आम्दानीको स्रोत रहेको छ ।  सन् २०१७ देखि २०२२ सम्म दुई हजारभन्दा धेरै भेडाच्याङ्ग्रालाई हिउँ चितुवाले खोरमै आएर मारेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तथ्याङ्क छ ।

वन्यजन्तुभन्दा घरपालुवा जनावरको सिकार गर्न सजिलो हुने भएकोले हिउँ चितुवाको रोजाइमा घरपालुवा जनावर पर्ने गरेको स्थानीय बताउँछन् । पशुपालकका लागि निकुञ्जले सुधारिएको खोर बनाउन सहयाेग गर्नुको साथै बीमा कार्यक्रम पनि सञ्चालन गरेको छ ।

सन् २०१९ मा गरिएको सर्वेक्षण अनुसार फोक्सुण्डोमा झण्डै दुई सय वटा हिउँ चितुवा रहेका छन् । निकुञ्जभित्र हिउँ चितुवाको मुख्य आहारा नाउरको सङ्ख्या पनि उल्लेख्य रहेको संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया