च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
केही दिनमा नेपालमा प्रदूषित हावा फैलन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । भारतको पञ्जाब र हरियाणा राज्यमा धान काटेपछि पछिल्लो एक हप्तादेखि पराल डढाउने कार्य भइरहेकाले हावा प्रदूषित भइरहेको र त्यही प्रदूषित हावा नेपाल भित्रन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञले सुझाव दिएका हुन् ।
प्रदूषित हावा केही दिनमा नेपाल भित्रन सक्ने र यस्तो प्रदूषित हावाले स्वास्थ्यमा असर पार्न सक्ने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो ।
नेपालमा पनि कात्तिक मंसिरको समयमा धान काटेपछि पराल डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ । यस्तो हावाले स्वास्थ्यमा निकै असर गर्ने डाक्टरहरु बताउँछन् । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ ।
काठमाण्डौ उपत्यका कचौरा आकारको भएकाले यहाँ हप्तौसम्म पनि प्रदूषित हावा फैलने गरेको छ भने तराईका भूभागमा पराल डढाउने, डढेलो, फोहोर जलाउने लगायतका कारणले पनि हावा प्रदूषित हुने गरेको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढ्न सक्ने डाक्टरहरु बताउँछन् । गएको वर्ष पनि हिउँदको समयमा काठमाण्डौसहित देशभर प्रदूषण बढेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।